श्रम स्वीकृति लिन पेशा बमोजिमको कागजात पेश गर्नुपर्ने

वैदेशिक रोजगार बाट बिदामा नेपाल फर्केका कामदारले पुन श्रम स्वीकृति लिन आफ्नो पेशा बमोजिमको कागजात पेश गर्नुपर्ने नियम अघि ल्याएको छ । भिसा , कम्पनीसँग भएँको सम्झौतापत्र र नेपालस्थित वैदेशिक रोजगार विभागको कार्यलय बाट जारी भएँको श्रम स्वीकृतिमा एकरूपता नभएपछि विभागले सो नियम लागू गरेकोे हो ।
नयाँ नियम अनुसार पुन श्रम स्वीकृति लिन कम्पनी सँगको सम्झौता पत्र , कतारी भिसा , आईडीमा उल्लेख भएको पेशा अनुरुपको कागजपत्र पेश गर्नुपर्ने भन्दै कतास्थित नेपाली दूतावासले आज सूचना प्रकाशित गरेकोे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो