पर्यटक भिसाका लागि ई-पाेर्टल सेवा सुरु

कतार घुम्न आउनेहरुका लागि आन्तरिक मन्त्रालयले ई पोर्टल (वेबसाइट ) सेवा सन्चालनमा ल्याएको छ । हिजो उद्घाटन गरिएको सो सेवाले पर्यटकका लागि भिसा प्रदान गर्ने काम गर्नेछ । यस सेवा मार्फत कतारले वर्षै भरी आयोजना गर्ने कार्यक्रमका लागि छुट्टै भिसा उपलब्ध हुनेछ ।
वाणिज्य तथा उद्योग मन्त्रालयको कार्यालयमा हिजो आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै भिसा सेवा विभागका प्रमुख मेजर अब्दुलाह खलिफा अल मोहन्नदीले हुकुमी वेबसाईट मार्फत देशमा आयोजना हुने खेलकुद , सांस्कृतिक तथा पर्यटन फेस्टिभलका लागि छुट्टै भिसा निकाल्न सकिनेछ ।
भिसाको लागि निवेदकले ९० दिन अगाडि वा यात्रा गर्नुभन्दा कम्तिमा ४ दिन अघि निवेदन पेश गरिसक्नुपर्नेछ । त्यसका लागि यात्रु सङ कम्तिमा ६ महिना सम्म म्याद भएको राहदानी हुन आवश्यक छ । तर आफ्नो परिवारको राहदानी सङ दर्ता भएका सन्तान हरुका लागि भने यश सेवा मार्फत भिसा निकाल्न पाईने छैन ।
देशको आर्थिक अवस्था वृद्धि गर्न र कतार नेशनल भिजन २०३० सफल पार्न मन्त्रालयले यो ई पोर्टल सेवा सर्वसाधारण माझ उपलब्ध गराएको मेजर मोहन्नदीले बताएका छन् ।