नयाँ पुन श्रमस्वीकृति नियमको सर्वत्र विरोध

खाडी लगायत मलेसियामा काम गर्ने कामदार माथि वैदेशिक रोजगार विभागले ल्याएको पुन श्रम स्वीकृति सम्बन्धीको नयाँ नियम टाउको दुखाइको विषय बनेको छ । यसको विरोध सामाजिक सन्जालमा व्यापक रुपमा विरोध भइरहेको छ ।
नयाँ नियम अनुसार विदामा नेपाल गएका कामदारले पुन श्रम स्वीकृति लिन आफ्नो भिसामा उल्लेख भएबमोजिम पेशाको कागजात पेश गर्नुपर्नेछ । यसले गर्दा सवारी चालक , अपरेटर लगायत नाम मात्रका थुप्रै प्राविधिक पदमा काम गर्ने नेपाली कामदारको रोजगार गुम्ने खतरा देखिन्छ ।
भिसामा एउटा पद उल्लेख भएपनी रोजगारदाताले सो अनुसारको काम नदिँदा नेपाली कामदारले स्थानीय कानुनअनुसार पाउने सेवा–सुविधा गुमाइरहेको भन्दै विभागले गत हप्ता देखि नयाँ नियम अघि लागू गरेको थियो । यता सरकारको तर्फ बाट दीर्घकालीन रुपमा हेर्दा नियम उत्तम देखिए पनि तत्कालका लागि यो कामदारलाई दुख दिने बाटो मात्र भएको छ ।
कामदारलाई तोकिएको जस्तो पद तथा तलब सुबिधा नदिए सरकारले स्वदेशमा म्यानपावर कम्पनीलाई कारबाही र विदेशको श्रम मन्त्रालय सङ आवश्यक नितिनियमको सहमती गर्नुपर्ने हो। जताबाट पनि कामदारलाई नै चेप्नु सरासर गलत देखिन्छ ।
विगत ४ साल देखि ईलेक्ट्रिसियनको भिसामा ड्राईभरको काम गर्दै आइरहनुभएका नवराज दाहालले यस नियमको विरोध सबै मिलेर गर्नुपर्छ होइन भने नेपालमै रोजगारको अवसर दिनुपर्ने भन्दै फेसबुकमा लेख्नुभएको छ ।
“लगभग ९० प्रतिशतको पेसा र कागजात मिल्दैन । न यता कम्पनीले पेसा परिवर्तन गर्दिने न उता नेपाल सरकारले श्रम स्वीकृति दिने , ल भएन त फसाद ?” फेसबुक मै शिव अर्याल लेख्नुहुन्छ ।
त्यस्तै गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले पनि सरकारको यो नियम अव्यवहारिक भएको भन्दै यसलाई तत्काल स्थगन गर्न प्रेस विज्ञप्ति जारी गर्दै माग समेत गरेको छ ।

अहिलेलाई सरकार बाट कुनै प्रतिक्रिया नआएपनि यसको समाधान सरकारले सहज ढंगले गर्नेछ भन्ने आशा राखौं । यसमा तपाइको विचार के छ ?