फिफा क्लव विश्वकपको अन्तिम चरणको टिकट बिक्री सुरु हुँदै

डिसेम्बर देखि कतारमा आयोजना हुने फिफा क्लव विश्वकपको लागि दोस्रो तथा अन्तिम चरणको टिकट बिक्री अहिले केही बेरमा सुरु हुँदैछ । पहिलो चरणमा अन्तर्गत यसअघि बिक्रिका लागि खुला गरिएको २७,८९६ टिकट गएको महिना नै सोल्ड अाउट भैसकेको छ । टिकटको मूल्य २५ देखी ४०० रियाल बीच रहेको छ ।

दोस्रो चरणमा अन्तर्गत सर्वसाधारणका लागि फिफाको वेबसाइट मार्फत टिकट अहिले ३ बजे बाट  डिसेम्बर २१ तारिक सम्म अनलाइन बिक्रीका लागि राखिनेछ । टिकट फिफाको वेबसाइट मार्फत अनलाइन खरिद गर्न सकिनेछ ।

टिकट वितरण

अनलाइनमार्फत सफल निवेदकले आफैले टिकट प्रिन्ट गर्नुपर्नेछ । डिसेम्बर बाट फिफाको टिकटखातामा गई टिकट प्रिन्ट गर्न सकिनेछ ।

वेबसाइट बाट सक्कली बाहेक इमेल , स्क्रिनसट जस्ता प्रिन्ट मान्य नहुने र यो खेल सुरु हुनु भन्दा अगावै प्रिन्ट भएँको हुनुपर्ने फिफाले बताएको छ । रंगशालामा टिकट प्रिन्ट गर्ने व्यवस्था भने हुनेछैन ।

फिफा क्लव विश्वकप बारे जान्नुपर्ने कुराहरु 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button