खाडी समस्या सुल्झाउन युरोपेली नेताहरुको आग्रह

फ्रान्स,बेलायत र जर्मनीका शिर्ष नेताहरुले शान्तीपूर्ण वार्ताको माध्यमद्वारा खाडी समस्या सुल्झाउन आग्रह गरेका छन्।

फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोले हिजो कतारको अमिर शेख तमिम बिन हमद अल थानी संग फोन मार्फत खाडी राष्ट्रको विकसित समस्या बारे छलफल गरिएको कतार न्यूज एदेन्सीले जनाएको छ। साथै राष्ट्रपति माक्रोनले वार्ता र कुटनीतिक माध्यम बाट नै समस्या सुल्झाउन जोड दिएको छ।

त्यस्तै बोलायती प्रधान्मन्त्री थेरेसा मे ले साउदीको राजकुमार मोहम्मद सुलेमान संग खाडी सम्बन्ध समस्या बारे जानकारी लिएकी छिन्।प्रधानमन्त्री मे ले समस्या तत्काल सुल्झाएर खाडी राष्ट्रको एकता पुनर्स्थापना गर्न आग्रह गरेकी छिन्। साथै बेलायतले समस्या समाधान गर्न सक्दो सहयोग गर्ने बताएको छ।

त्यस्तै हिजो कतारले १३ बुँदे मागको सकरात्मक जवाफ दिनेमा साउदी आशावादी रहेको त्यहाँको विदेशमन्त्री अब्देल अल जुबेरले एक पत्रकार सम्मेलनमा जानकारी दिएका छन्।छिमेकी राष्ट्रहरुले कतारको जवाफ यथार्त हिसाबले जाच्ने सम्मेलनमा मन्त्री जुबेरले प्रष्ट पारे।

जर्मनी विदेशमन्त्री कतारमा

खाडी क्षेत्रको समस्या समाधान गर्न जर्मनको विदेशमन्त्री सिग्मार गाब्रिएल कतार आएका छन्।कतारको प्रतिनिधि मोहम्मद बिन अब्दुल रेहमान अल थानी(विदेशमन्त्री) र सञ्चार माध्यमहरु संग बोल्दै मन्त्री गाब्रिएलले हरेक देशले अरुको सर्बभौमसत्ताको सम्मान गरेर वार्ताको माध्यम बाट समस्या समाधान नगरे खाडी क्षेत्र नै कमजोर बन्ने आजको अल जजिरा मा समाचार छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button