२४ औं गल्फ कप : कतार समूह ‘ए’ मा

नोवेम्बर २६ देखि डिसेम्बर ८ सम्म आयोजना हुने २४ औं अरेबियन गल्फ कपको समूह विभाजनमा आयोजक कतार समूह ‘ए’ मा परेको छ । कतार संगै समुहमा युएई , यमन र इराक परेको छ । त्यस्तै समूह ‘बि’ मा ओमान , साउदी अरेबिया , कुवेत र बहराइन छ ।

खलिफा अन्तर्राष्ट्रिय रंगशालामा हुने प्रतियोगिताको  उद्घाटन खेलमा कतारले इराक विरुद्ध खेल्नेछ । सोही दिन युएई र यमन बिच अब्दुलाह बिन खलिफा रंगशालामा राती ९:३० बजे अर्को खेल हुँदैछ ।

यसअघि तीन राष्ट्र बिना प्रतियोगिता सन्चालन गर्ने पक्का भैसकेको थियो । अन्तिम समयमा साउदी अरेबिया , युएई र बहराइनले पनि गल्फ कपमा सहभागिता जनाउने भएपछि प्रतियोगिताको मिति र ढाचा परिवर्तन गरिएको हो ।

तीन पटक उपाधि जितिसकेको कतार यो बर्ष पनि दाबेदार टिम रहेको छ । कतारले यसै बर्षको सुरुवातमा एसियन कप जितेको थियो ।

प्रतियोगिताका लागि अनलाइन टिकट www.gulfcup2019.com र  देशको विभिन्न मल तथा आउटलेटहरुमा उपलब्ध रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button