दोहा मेट्राेको गोल्ड लाइन भोलि बाट सन्चालन हुने

दोहा मेट्राेको गोल्ड लाइन सेवा सर्वसाधारणका लागि सन्चालनमा आउने भएको छ । भोलि बिहिवार , नोवेम्बर २१ बाट रस अब्बाैद देखि अल अजिजियाह स्टेसन सम्म मेट्राेको परिक्षण सेवा सन्चालनमा आउने यातायात तथा सञ्चार मन्त्रालयले जनाएको छ ।

देशको पुर्व देखि पश्चिम तर्फ चल्ने गोल्ड लाइन सेवामा जम्मा ११ वटा स्टेसन रहेको छ । जसमा रस बु अब्बाैद , नेशनल म्युजियम , शौक वकिफ , मिशरिब , बिन मह्मोउद , अल साद्द , सुदान , जाेअान , अल वाब , स्पोर्ट्स सिटी र अजिजियाह रहेको छ । हाल रेड लाइन अन्तर्गत अल कासर देखि अल वक्रा सम्मको रुत यसै वर्षको मे देखि सन्चालनमा छ । साथै ग्रीन लाइन यसै वर्ष देखि सन्चालनमा आउने अपेक्षा गरिएको छ । मेट्राेको पुर्ण सेवा भने २०२५ बाट मात्र सुरु हुने कतार सरकारले बताएको छ ।
गोल्ड लाइन सेवा चल्ने समय पनि रेड लाइन सेवाको जस्तै हुनेछ । मेट्राे सेवा शनिबारबाट बिहीवार सम्म बिहान ६ देखि राति ११ बजे र शुक्रबार दिउँसो २ देखि राति ११ बजे सम्म चल्नेछ । गोल्ड लाइन देखि रेड लाइन सेवा मिशरिब स्टेसन बाट परिवर्तन गर्न सकिनेछ ।
दोहा मेट्राेकाे पूरा नक्सा

दोहा मेट्राेकाे ट्राभल कार्ड कसरी लिने ?