नयाँ नियम अनुसार श्रम स्वीकृति लिन के गर्नुपर्छ ?

नेपालबाट विभिन्न मुलुकमा वैदेशिक रोजगारीमा जाने कामदारहरुका भिसा (प्रवेशाज्ञा), कम्पनीसँग भएको संझौतापत्र (करारपत्र) तथा नेपालस्थित वेदेशिक रोजगार विभाग अन्तरगतका कार्यालयवाट जारी हुने निजहरुकों श्रम स्वीकृति सम्बन्धी विवरणमा पेशा लगायतका विवरणमा एकरुपता नहुँदा कठिनाई भएको भन्दै वैदेशिक रोजगार विभागले नयाँ नियम लागू गरेको छ । नयाँ नियम अनुसार पुन श्रम स्वीकृति लिन कामदारले आफ्नो आईडीमा भएको पेशा बमोजिमको करार पत्र देखाउनु पर्नेछ । दीर्घकालीन रुपमा हेर्दा यो नियम उत्तम देखिएपनी अहिले नेपाली कामदारलाई यो टाउको दुखाइको विषय बनेको छ ।
आफ्नो आईडीमा भएको पेशा र कम्पनी संगको करार पत्रमा एकरुपता भएपनी करारपत्र माग्दा दिने कम्पनी कमै मात्रामा होला । अझ झन यी दुई कागजपत्रमा एउटाै पेशा नभएकाहरुको भने कागजात परिवर्तन गर्न निकै गार्हो हुने देखिएको छ । यश विषयमा सम्बन्धित देशमा रहेको दूतावासले कम्पनीलाई जानकार गराउने वा अन्य केही कदम चाले कामदारलाई राहात मिल्नेछ ।
नयाँ नियम लागू गर्नको कारण के ?
म्यानपावर कम्पनीले नेपाल बाट एउटा काम र तलब भनेर पठाउने तर विदेश पुगेपछि तोकेको जस्तो केही नहुने हुँदा नेपाली कामदारहरु पीडित हुँदै आइरहेका छन् । श्रम विभागले वैदेशिक रोजगार ऐनको दफा १४ र दफा १९ बमोजिम यस्तै अवस्था दोहोरिन नदिन नयाँ नियम अघि ल्याएको हो । विगतमा अरुको गल्तीले विवरण फरक परेकाहरुलाई पनि अब गल्ती सच्याउन यो निकै महत्वपूर्ण अवसर भएको विभागले भनेको छ । यसरी सबै ठाउँमा विवरण एउटाै हुँदा कामदार अप्ठ्यारोमा पर्दा आफ्नो हक अधिकारका लागि लड्न कानूनी आधार पनि बन्नेछ ।
श्रम स्वीकृति लिनको लागि आवश्यक कागजपत्र
- राहदानी
- भिसा
- रोजगार सम्झौतापत्र
- बीमा गरेको प्रमाणपत्र
- वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम बुझाएको रसिद ।
नोट : कामदारले रोजगार सम्झौतापत्र पनि देखाउनु पर्ने नयाँ नियम आएको हो ।
अनलाइनबाट सम्झौता पत्रको कपी कसरी निकाल्ने ?

विदामा जानेले के गर्ने ?
आफ्नो आईडी र सम्झौता पत्रमा पेशा एउटै छ भने कम्पनी संग मागेर सम्झौता पत्र साथमा बोकेर नेपाल जानुपर्नेछ । तर हाल कार्यरत पेशा र रोजगार करार सम्झौतापत्र वा कतारी आईडीमा उल्लेख भएको पेशा फरक परेको भएमा विदामा नेपाल जानुपूर्व आफू कार्यरत कम्पनीलाई अनुरोध गरी आफ्नो पेशा बमोजिमको कागजात (सम्झौता पत्र) उपलब्ध गरी सोही कागजातका आधारमा नेपाल जानु पर्नेछ ।
विदामा नेपाल गएकाहरुले के गर्ने ?
वैदेशिक रोजगार बाट हाल बिदामा नेपाल गएकाहरुले आफ्नो कम्पनीमा सम्पर्क गरि आफ्नो आईडीमा उल्लेख भएको पेशा अनुसार सम्झौता पत्र विभागलाई ईमेल मार्फत पठाउन लगाउनु पर्नेछ । कम्पनी संग सिधै पहुँच नभएकाहरुले आफ्नो साथीहरू मार्फत कम्पनीमा खबर गरि सम्झौता पत्र मगाउन सक्नेछन् । ईमेल कम्पनी कै आधिकारिक हुनुपर्ने उल्लेख छ ।
विभागको ईमेल – dofe_kath@dofe.gov.np