आइसोलेसनको समय घट्याे

कोरोना पोजेटिभ भएपछि बस्नुपर्ने आइसोलेसनको समय घटेको छ ।
आइसोलेसनको समय १० दिन बाट ७ दिनमा घटाइएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
कुनै स्वास्थ्य संस्थामा गरिएको कोभिड-१९ को परीक्षणपछि नतिजा पोजेटिभ देखिए र एह्तेराज एपमा रातो कोड आए सात दिनको बिरामी बिदा पाइनेछ । सो व्यक्तिले सात दिनको दिनमा सरकारद्वारा मान्यता प्राप्त स्वास्थ्य संस्थामा र्यापीड एन्टिजेन परिक्षण गर्नुपर्नेछ । नतिजा नेगेटिभ आए एह्तेराज एपमा पनि हरियो कोड आउनेछ र आठौं दिनमा काममा फर्कन पाईनेछ ।
नतिजा पोजेटिभ आए फेरि अर्को तीन दिन आइसोलेसनमा बस्नुपर्नेछ र ११ औं दिनमा कुनै परिक्षण नै नगरी काममा फर्कन पाईनेछ ।
आइसोलेसनको समय घटाउने निर्णय स्थानिय र अन्तर्राष्ट्रिय मेडिकल प्रमाणको आधारमा गरिएको छ । जसमा पोजेटिभ भएको ७ दिनमा प्राय मानिस नेगेटिभ हुने वा अरुलाई सार्ने सम्भावना न्यून हुने मन्त्रालयले बताएको छ ।
One Comment