आजाद भिसामा कतार नआउन दूतावासको आग्रह

कतारस्थित नेपाली दूतावासले रोजगारीको सिलसिलामा कतार आउने नेपालीलाई आजाद भिसामा नआउन आग्रह गरेको छ। विभिन्न प्रलोभन देखाई आजाद भिसामा काम लगाइदिने र राम्रो कमाई हुने भन्दै विचौलियहरुले नेपाल बाट कतार पठाई अलपत्र पारेको घटनाको उजुरी बढ्न थालेपछि दूतावासले आज सूचना प्रकाशित गर्दै सो जानकारी दिएको हो।

कतारमा आजाद भिसा भन्ने नै नहुने र यसरी आजादका नाममा आउने विषयमा नेपाल सरकारको  वैदेशिक रोजगार विभागवाट सम्पूर्ण जानकारी लिएर मात्र कतार आउन दूतावासले जनाएको छ ।

दूतावासले दिएको थप जानकारी :

  • कतार आइसकेपछि आफुले काम गरेको कम्पनीका व्यक्तिले कुनै आश्वासन देखाई खाली कागज वा अन्य नवुझिने गरी लेखिएको कुनै पनि कागजातमा सही छाप गराई पछि सोही कागजात अदालतमा पेश गरी आफुले पाउने सुविधावाट वन्चित गराउने र कतिपय अवस्थामा प्रहरी र अदालतमा पेश गरी थुनामा जानुपर्ने अवस्था सृजना गराउने  हुँदा कुनै पनि खाली कागज वा आफुले नवुझिने भाषामा लेखिएको कुनै कागजमा सहीछाप गर्नु हुँदैन ।

 

  • आफु कार्यरत रहेको कम्पनीले दुइ महीना सम्मको तलव र अन्य सुविधा विभिन्न आश्वासन देखाई नदिएको अवस्थामा ढिलो नगरी कतारको श्रम कार्यालयमा र राजदूतावासमा खवर /  निवेदन दिनु पर्छ । कतारको श्रम कानूनले २ महिना भन्दा वढिको वाँकी तलव र अन्य सुविधाको जिम्मेवार हुन नपर्ने सुविधा दिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button