भारत र चीनबीच ‘मध्यस्थता’ गर्न नेपाल तयार : प्रधानमन्त्री ओली

काठमाडौ, नेपाल – प्रधानमन्त्री केपी शर्मा ओलीले दुई छिमेकी मुलुक भारत र चीनमा शान्ति कायम भए नेपाल पनि सुरक्षित हुने बताएका छन् । भारतीय टेलिभिजन जीन्युजलाई दिएको अन्तर्वार्ताका क्रममा प्रधानमन्त्री ओलीले दुई छिमेकीबीच समस्यारहित सम्बन्ध नेपालले चाहेको बताए । प्रधानमन्त्री ओलीले जनसंख्या र भूगोलमा नेपालभन्दा भारत ठूलो भएपनि सार्वभौकिता बराबरी हुने बताए ।

दुई सार्वभौम देशका प्रधानमन्त्रीको हैसियत सानो र ठूलो देशको नभइ समान हुने स्पष्ट पारे । पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै ओलीले व्यक्तिगत रुपमा भारतीय प्रधानमन्त्री आफूभन्दा केही वर्ष जेठो भएपनि प्रधानमन्त्रीको हैसियतमा बस्दा ठूलो देश र सानो देशको नभइ समान हैसियत हुने बताए।

सीमा विवाद वार्ताबाट समाधान हुन्छ

ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमी भएको स्पष्ट पार्दै वार्ताका माध्यमबाट समस्या समाधान गर्नुपर्ने बताए। उनले नेपाल भारत र चीनलाई फरक ढंगले व्यवहार गर्ने नभइ पञ्चशीलको सिद्धान्तका आधारमा असंलग्न नीति अंगिकार गरिरहेको बताए। ओलीले नेपाल कुनै पनि देशको साथमा लागेर अर्को देश विरुद्ध आफ्नो जमिन वा आकास प्रयोग गर्न नदिने बताए।

भारत र चीनले चाहेमा वार्ताका लागि मध्यस्थता गर्छु

प्रधानमन्त्री ओलीले भारत र चीन दुवै देशले चाहेमा आफू मध्यस्थता गर्न तयार रहेको बताए। उनले दुवै नेपालका छिमेकी भएकाले कोहीसँग पनि ‘कार्ड’ नखेल्ने बताए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच वार्ताका लागि आफूले मध्यस्थता गर्न सक्ने बताएका थिए । दुई छिमेकीबीच समस्यारहित सम्बन्ध नेपालले चाहेको प्रधानमन्त्री ओलीले प्रस्ट पारे । प्रधानमन्त्री ओलीले भने, ‘भारत र चीन दुवै देशमा शान्ति कायम भएमा नै नेपाल पनि सुरक्षित हुन्छ ।’

प्रधानमन्त्री ओलीले आफू भारतीय प्रधानमन्त्री नरेन्द्र मोेदी र चिनियाँ राष्ट्रपति सी जिनपिङकाको साथी भएको बताए । ‘हामी सबैजना साथी हौँ, हामी एउटै समयका हौँ र लामो समयदेखि हामी राजनीति नै गरिरहेका छौँ,’ उनले भने , ‘त्यसैले म यी दुईबीच मध्यस्थता गर्न पनि सक्छु ।’ प्रधानमन्त्री ओलीले भारत र चीनबीच विवादित क्षेत्र गलवानका बारेमा नेपाललाई कुनै ‘लेनादेना’ नभएको बताए । प्रधानमन्त्री ओलीले भने, ‘दुई छिमेकी मुलुकबीचको विवादमा नेपाललाई कसैको पक्ष वा विपक्षमा लाग्न जरुरी छैन ।’

आगामी चुनावमा आफै सत्तामा आउने दाबी

प्रधानमन्त्री ओलीले आगामी बैशाखमा हुने निर्वाचनपछि पनि आफू नै सत्तामा आउने दाबी गरे । उनले वैशाखमा हुने निर्वाचनमा आफ्नो पार्टीले अत्यधिक बहुमत ल्याउने दावी गरे । आफ्नो पार्टीले बहुमत ल्याउन नसकेको अवस्थामा पनि ठूलो दलका रुपमा आफ्नै पार्टी स्थापित हुने र आफूले नै नयाँ सरकारको नेतृत्व गर्ने दाबी गरे ।

नेपाली जनताले विकास, समृद्धि चाहेको र जनताको त्यो चाहनालाई पूरा गर्न आफूले सार्थक प्रयास गरिरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button