‘नेशनल डे’ को नारा सार्वजनिक

संस्कृती तथा खेलकुद मन्त्रालयले यो वर्षको नेशनल डे को नारा “अल माली केदाह” सार्वजनिक गरेको छ । जसले साधारणमा उत्तम बाटो गार्हो हुन्छ भन्ने बुझाउँछ ।
कतारका संस्थापक शेख जस्सिम बिन मोहम्मदले आफ्नो छोरा शेख अलि बिन जस्सिम (जोआन ) को बर्णन गर्दै लेखेको कविता बाट यो वर्षको नारा प्रेरित भएको हो । कविता त्यो समयमा कतारी युवापुस्ताको पनि प्रतिनिधित्व गर्दै लेखिएको थियो ।
कतारले देशको सस्थापक शेख जस्सिम बिन मोहम्मद बिन थानीको स्मरण गर्दै हरेक वर्ष डिसेम्बर १८ तारिकका दिन राष्ट्रिय दिवस मनाउने गर्दछ । सन् १८७८ को यसै दिन उनले आफ्नो पिता शेख मोहम्मद बिन थानीको देहान्त पछि राजगद्दी सम्हालेका थिए । उनकै पालामा कतार एक स्वतन्त्र मुलुक बनेको थियो । उनले सन् १८७८ देखि १९१३ सम्म कतारमा शासन गरे । शेख जस्सिम सेना प्रमुख,बिध्वान, निर्णायक,योद्धा र कवि पनि थिए ।
कतारले यो वर्ष डिसेम्बर १२ देखि २० तारिक सम्म विभिन्न कार्यक्रम आयोजना गर्दै राष्ट्रिय दिवस मनाउँदै छ । मुख्य दिन १८ तारिक सार्वजनिक विदा पनि हुनेछ ।