कतार रेड क्रेसेन्टले स्वयंसेवक दिवस मनाउने, आप्रवासी लाई खेलकुदमा सहभागि हुन आग्रह

कतार रेड क्रेसेन्टले अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस भव्यताका साथ मनाउने भएको छ । सोमबार कतारको रेडक्रेसेन्टको मुख्य कार्यालयमा कतार रेडक्रेसेन्टका अध्यक्ष मोहम्मद विन घानिम अल अलि अल मआजिदले विभिन्न देशका आप्रवासीका उपस्थित प्रतिनिधीहरुलाई उक्त जानकारी गराउनु भएको हो ।
अन्तर्राष्ट्रिय स्वयं सेवक दिवसमा कतारको भूमिका नारा लगायत त्यस सम्बन्धी जानकारी दिने विभिन्न शव्द्धचित्रले सजाईएको बसलाई शनिवार सम्म कतारका विभिन्न सहरमा परिक्रमा गराई दिवसको बारेमा जानकारी बाँडने अभियान सुरु गरिसकेको कतार रेड कृशियन्ट का भोलियन्टर डिपार्टमेन्ट का संयोजक करिम नफातीले बताउनु भएको छ ।

कतार रेडक्रेसेन्टका अध्यक्ष मआजिदले सो दिवसलाई हरेक आप्रवासीहरुलाई आफु नै आयोजकको रुपमा लिन आग्रह गरेका छन् । उनले उपस्थित सबै देशका समुदायलाई शनिवार २ बजे दोहाको अलअहली क्लवमा परिवार, विद्यार्थी र विभिन्न रोजगारमा आवद्ध सबै आप्रवासी लाई समेत कार्यक्रममा सरिक भई सफल बनाउन आग्रह गरेका छन् । अल अहली क्लवको स्टेडियम भित्र आप्रवासीका लागि विभिन्न पुरस्कारसहितको प्रतिस्पर्धात्मक खेल पनि राखिएको बताएका छन् ।
कार्यक्रम मा डिपार्टमेन्ट प्रमुख अहमद खुलैफिले स्वागत तथा आभार प्रकट गर्दै कतार रेड कृशियन्ट का आगामी कार्यक्रम हरुमा आप्रवासी समुदायको बलियो उपस्थिति ले एक आपस लाई जोड्न शसक्त भुमिका खेल्न सक्ने बताउनु भएको थियो।
अन्तर्राष्ट्रिय स्वयं सेवक दिवसमा डोरी तान्ने खेल, २ सय, ४ सय र ७ सय मिटरको इनडुअर, आउटडुअर दौड, महिलाहरुको लागि मनोरन्जनात्मक खेल, विद्यार्थी बालबालिकाहरुको लागि चित्रकला लगायतका विभिन्न खेलहरु पनि रहेको बताईएको छ । आयोजित सो कार्यक्रममा कतारको लागि स्वीटजरल्याण्डका राजदूत एभा बोलानो, नेपालका तर्फबाट गैर आवासीय नेपाली संघका प्रतिनिधी, नेपाली मिडियासंग आवद्ध पत्रकार लगायत फिलिपिन्स, श्रीलंका, भारत, बंगलादेश, टयुनिशिया, अफ्रिकन समुदाय लगायत अन्य देशका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
मिती : डिसेम्बर ९ तारिक , शनिबार दिउँसो २ बजे
स्थान : अल अहली क्लव, हिलाल ( द मल नजिकै)
नेपाली समुदाय तर्फको कार्यक्रमको संयोजन एनआरएनए, एनसीसी कतारले गर्नेछ ।
क कस्ले भाग लिन पाउने ?
उक्त कार्यक्रममा हामी नेपाली आप्रवासी पुरुष, महिला र बाबु नानी जो कोहीले पनि भिभिन्न खेलहरुमा सहभागि हुन सक्नेछौ ।
हुने खेलहरु ?
ख. Drawing Outdoor and Outdoor– बाल बालिकाहरुको लागि मात्र ( Boys र Girls बेग्ला बेग्लै )
ग. डोरी तान्ने प्रतियोगिता Indian Community द्धारा आयोजित मा भाग लिन प्रयास गर्ने। )
नेपाली समुदायद्धारा आयोजित नेपालीहरुको लागि दुई खेल
क. घैटो फुटाउने खेल (पुरुषहरुको लागि मात्र)
ख. Musical Chair/Ball (महिलाहरुको लागि मात्र)
कस्तो पहिरन लगाउने ?
कार्यक्रमा बिभिन्न खेलकुद गतिविधिहरू हुने भएकाले खेलकुद सम्बन्धी पहिरन तर घुडा भन्दा तल लगाएको हुनुपर्नेछ । रेडक्रेसेन्टले भने सहभागि हुने सबैलाई एउटा टीसर्ट प्रदान गर्नेछ ।
सहभागि हुन कस्लाई सम्पर्क गर्ने ?
कार्यक्रमा बिभिन्न खेलकुद गतिविधिहरूमा भाग लिनका लागि गैर आवासीय नेपाली संघ कतार (NRNA-QATAR) वा तल दिइएको निम्न व्यक्तिलाई सम्पर्क गर्न सक्नुहुन्छ ।
१. संयोजक तेज कटुवाल (कार्यवाहक अध्यक्ष – एनआरएनए एनसीसी, कतार) – 55868214
२ संयोजक : मो. रमजान अलि मिया (Community Coordinator, Qatar Red Crescent) – 77305657
३. सदस्य : बुधबल गुरुङ (महासचिव – एनआरएनए एनसीसी, कतार) – 55600235
४. सदस्य : लोकमाया क्षेत्री (युवा संयोजक– एनआरएनए एनसीसी, कतार)
५. सदस्य : चानक पोखरेल – 77014998
व्यवस्थापन समिति
क. पुरुष तर्फ
१. व्यवस्थापन : अब्दुल हाफिज मिया – 55073362
२. रजिष्ट्रेसन : प्रभात त्रिपाठी
ख. महिला तर्फ
व्यवस्थापन – अम्बिका खत्री
रजिष्ट्रेसन – र्इिन्दरा गोले
खेलकुद संयोजक
रामजी गिरी : 70507342
कार्यक्रमको फोटोग्राफर
तिलु शर्मा