नासर अल अली इन्टरप्राइसेसका नेपाली कामदार गोर्खबहादुर राईले १५ हजार रियाल नगद इनाम पाए !

आइओएस प्राप्त कतारको एक प्रतिष्ठित कम्पनी नासर अल अली इन्टरप्राइसेसमा कार्यरत मोरङ निवासी गोर्ख बहादुर राईलाई कम्पनी मालिक आसर अल अलीले पन्द्रहहजार रियाल इनाम स्वरुप नगद प्रदान गरेका थिए ।

विगत दश वर्ष देखि सोही कम्पनीमा इमान्दार र लगनशील भएर काम गरेवापत राईलाई सो इनाम कम्पनी मालिकले प्रदान गरेका हुन् ।

२००८ मा कन्स्ट्रक्सनमा हेल्परका रुपमा आएका राई अहिलेसोही कम्पनीको सिभिल फोरमेन भइसकेका छन् । कार्पेन्टर, स्टिल फिक्स्चर, मेसनको काममा पनि राई सिपालु भएका छन् ।

नासर अल अली इन्टरप्राइसेसमा काम गरेर नै राईले पुर्व झापामा जग्गा जोडि सकेकाछन् । खुशी हुदै अव यो पाएको रकम छोराको पढाईमा खर्च गर्ने बताउदै राईले कम्पनी मालिक नासर अल अली असाध्यै सहयोगी हृदयको भएकोले उनले सवै कामदारहरुसंग मालिक जस्तो व्यवहार नगरेर अविभावकको व्यवहार गर्ने भएकोले सवै कामदारहरुका लागी उनी मालिक नभएर अविभावक भएको बताए । आफनो घर परिवारमा आर्थिक समस्या परेको वेलामा समेत आर्थिक सहयोग उपलब्ध गराएर समस्या टारिदिने गरेका कम्पनी मालिक नासर अल अलीले कामदारहरुलाई कहिले नहप्काउने तर सवैलाई मित्रवत व्यवहार गर्ने गरेको राई बताउछन् ।

लगनशिल, कर्तव्यनिष्ठ र इमान्दार भई काम गर्ने आफना कामदारहरुलाई समयसमयमा प्रोत्साहन स्वरुप सुनको सिक्का, नगद इनाम, प्रमाणपत्र आदि इत्यादी पुरस्कार दिएर कामदारहरुको हौसला र मनोवल बढाउदै आइरहेका कम्पनीका मालिक नासर अल अलीले आफना कम्पनीमा कार्यरत् नेपाल, भारत, पाकिस्तान, बंगलादेश लगायतका २५ जना कामदारहरुलाई भर्खरैमात्र पनि ५/५ ग्राम सुनको सिक्का इनामस्वरुप प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button