साउदी र युएईको फुटबल टिम कतार आईपुग्यो

क्युएनए
भोलि बाट सुरु हुने २४ औं अरेबियन गल्फ कप खेल्न साउदी अरेबिया र युएईको राष्ट्रिय फुटबल टीम कतार आइपुगेको छ । टोलीलाई होटल पुग्नुअघि हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा आधिकारिक स्वागत गरिएको छ ।
डिसेम्बर ८ सम्म आयोजना हुने प्रतियोगितामा कतार संगै समुहमा युएई , यमन र इराक परेको छ । त्यस्तै समूह ‘बि’ मा ओमान , साउदी अरेबिया , कुवेत र बहराइन छ ।

भोलि खलिफा अन्तर्राष्ट्रिय रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा कतारले इराक विरुद्ध खेल्नेछ । सोही दिन युएई र यमन बिच अब्दुलाह बिन खलिफा रंगशालामा राती ९:३० बजे अर्को खेल हुँदैछ ।
एसियन च्याम्पियन जितेको साउदी अरेबियाकै अल हिलाल क्लब पनि यहि मंगलवार कतार आउँदै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो