इराकसंग कतार पराजित

इराक संगको खेलमा कतार पराजित भएको छ । कतारमा आयोजित २४ औ अरेबियन गल्फ कप अन्तर्गत खलिफा अन्तरास्ट्रिय रंगशालामा भएको उद्घाटन खेलमा कतार २ – १ गोल अन्तरले पराजित भएको हो । खेलको पहिलो हाफको सुरुवाती मिनेटमा कतारले तालमेल गुमाउदा २ गोलले पछि परेको थियो । इराकको तर्फ खेलको १८ र २७ औ मिनेटमा मोहम्मद कासिमले गोल गरेका थिए । कतारको तर्फा बाट एक मात्र सान्त्वना गोल अब्दुलजिज हतिमले ४९ औ मिनेटमा गरेका थिए । कतारी खेलाडीहरुले कयौ मौका पाउदा पनि सदुपयोग गर्न सकेन ।
कतारले अर्को खेल आउने शुक्रबार ८ बजे यमन संग खेल्दैछ । युएई र यमन बिच अब्दुलाह बिन खलिफा रंगशालामा राती ९:३० बजे आजै अर्को खेल भैरहेको छ ।
