गल्फ कप : युएईको विजयी सुरुवात

कतारमा जारी २४ औं अरेबियन गल्फ कप अन्तर्गतको दोस्रो खेलमा युएईले यमनलाई पराजित गरेको छ । हिजो अब्दुलाह बिन खलिफा रंगशालामा राती भएको खेलमा युएईले यमनलाई ३-० ले हराउन सफल भयो । युएईको जितका लागि मबखौतले २१,३८ र ५४ औ मिनेटमा गोल गर्दै ह्याटि्रक पूरा गरे ।
यता खलिफा रंगशालामा भएको उद्घाटन खेलमा इराकले कतारलाई २-१ गोलले पाखा लगाउन सफल भयो ।
डिसेम्बर ८ सम्म आयोजना हुने प्रतियोगितामा कतार संगै समुहमा युएई , यमन र इराक परेको छ । त्यस्तै समूह ‘बि’ मा ओमान , साउदी अरेबिया , कुवेत र बहराइन छ ।
समूह बि अन्तर्गत आज ओमान र बहराइन बिच ५:३० तथा साउदी अरेबिया र कुवेत बिच साँझ ८ बजे अब्दुलाह बिन खलिफा रंगशालामा खेल हुँदैछ ।