राजदूत भारद्वाज र अल मर्री बिच भेटघाट सम्पन्न

कतारका लागि नेपाली राजदूत नारद नाथ भारद्वाज र राष्ट्रिय मानवअधिकार समिति कतारका प्रमुख अलि बिन समिख अल मर्रीबिच भेटघाट सम्पन्न भएको छ ।
गएको सोमबार भएको भेटघाटमा नेपाली कामदारको अधिकार सुरक्षित गर्न र दुई देशबिचको साझा मुद्दामा सहकार्य गर्ने बारे छलफल भएको छ ।
काठमाडौंमा गत नोवेम्बर १२-१४ सम्म आयोजित आप्रवासी कामदारको अधिकार सुरक्षा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएका अल मर्रीलाई राजदूत भारद्वाजले धन्यवाद प्रकट गर्नुभएको थियो ।