गल्फ कप : कुवेत विजयी,ओमान र बहराइन बराबरीमा

कतारमा जारी २४ औं अरबियन गल्फ कपको समूह `बी´ अन्तर्गत हिजो बहराइन र ओमानले गोल रहित बराबरी खेलेको छ ।

सोही समुहको हिजो भएको अर्को खेलमा कुवेतले साउदी अरेबियालाई ३-१ गोल अन्तरले पराजित गरेको छ । कुवेतको जितका लागि अल धफेरीले ४३ , अल सनेले ४६ र अल फनेनीले ९० औ मिनेटमा गोल गरेका थिए । साउदीको तर्फ बाट एक मात्र सान्त्वना गोल अल्बिरकेनले ९६ औ मिनेटमा गरे ।

 

दोस्रो चरण

प्रतियोगिताको दोस्रो चरणमा समूह ए अन्तर्गत भोलि ५:३० मा युएई र इराक बिचको खेल हुँदैछ । त्यस्तै बेलुका ८ बजे कतारले यमनको सामना गर्दैछ । दुबै खेल खलिफा अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ ।

 

टिकट कसरी लिने ?

जारी गल्फ कप हेर्न टिकट १०,३० र ५० रियालमा विभाजन गरिएको छ । प्रतियोगिताका लागि अनलाइन टिकट www.gulfcup2019.com र  शौक वकिफ,भिलाजियो मल ,कतारा ,मल अफ कतार र दोहा फेस्टिभल सिटीमा बेलुका ४ देखि राति १० बजे सम्म लिन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button