कतार ६-० ले विजयी

कतारले यमनलाई पराजित गरेको छ । कतारमा जारी २४ औं अरबियन गल्फ कपको समूह चरणको दोस्रो खेलमा कतारले यमन माथी ६-० को जित हात पारेको छ । कतारको जितको लागि अल हस्सनले २९,३६ र ७२ मिनेटमा गोल गर्दै ह्याटि्रक पूरा गरे । त्यस्तै खेलको ५७ मिनेटमा अलि , ८५ मा अल अह्रक र ८९ औं मिनेटमा अक्रम अफिफले गोल गरे ।
आजकै पहिलो खेलमा इराकले युएई माथी २-० को जित हात पारेको छ ।
कतारले अर्को खेल युएईसङ्ग आउने सोमबार ५:३० बजे खलिफा अन्तर्राष्ट्रिय रंगशालामा खेल्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो