तेलको भाउ बढ्याे

डिसेम्बर महिनामा प्रिमियम तेलको भाउ बढ्ने भएको छ । भोलि १ तारिख आइतबारदेखि लागू हुनेगरि प्रिमियम पेट्रोलको भाउमा ५ दिरहामले वृद्धि हुन लागेको कतार पेट्रोलियमले जनाएको छ । यता सुपर पेट्रोल र डिजेलको भाउ भने गत महिनाकै अनुसार यथावत रहनेछ ।
जारी नयाँ भाउ सँगै अब सुपर पेट्रोल १.९०, प्रीमियम पेट्रोल १.७५ र डिजल १.८५ रियाल प्रतिलिटर पर्नेछ।

सन् २०१६ को मे महिना देखि विश्व बजारको प्रतिकृया अनुशार कतारमा तेलको भाउ घटबढ हुने सरकारले निर्णय गरेको थियो । त्यसका लागी हरेक महिना सरकारी प्रतिनिधिहरुबाट समिती गठन गरी कतारमा तेलको भाउको समिक्षा गर्ने गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो