गल्फ कप : ओमान र साउदी अरेबिया विजयी

कतारमा जारी २४ औं अरबियन गल्फ कपको समूह `बी´ अन्तर्गत ओमान र साउदी अरेबियाले जित हासिल गरेको छ ।
अब्दुलाह बिन खलिफा रंगशालामा भएको पहिलो खेलमा ओमानले कुवेतलाई २-१ गोल अन्तरले हराएको छ । ओमानको जितका लागि अलि मुक्बलीले पेनाल्टी मार्फत १६ र ३२ औं मिनेटमा गोल गरे । कुवेतका लागि एकमात्र गोल अल सलमानले ७८ औं मिनेटमा गरेका थिए ।
सोही समुहको हिजो भएको अर्को खेलमा साउदी अरेबियाले बहराइनलाई २-० गोल अन्तरले पराजित गरेको छ । साउदीको जितका लागि अल ह्म्दानले २९ र अल खब्रानीले ५८ औ मिनेटमा गोल गरेका थिए ।

तेस्रो चरण
प्रतियोगिताको तेस्रो चरणमा दुबै समुहको चार खेल हुँदैछ । भोलि ५:३० मा युएई र कतार र ८ बजे कुवेत र बहराइन बिचको खेल खलिफा अन्तर्राष्ट्रिय रंगशालामा हुँदैछ । त्यस्तै अब्दुलाह बिन खलिफा रंगशालामा ५:३० बजे इराकले यमनको र ८ बजे ओमानले साउदी अरेबियाको सामना गर्दैछ ।

टिकट कसरी लिने ?
जारी गल्फ कप हेर्न टिकट १०,३० र ५० रियालमा विभाजन गरिएको छ । प्रतियोगिताका लागि अनलाइन टिकट www.gulfcup2019.com र शौक वकिफ,भिलाजियो मल ,कतारा ,मल अफ कतार र दोहा फेस्टिभल सिटीमा बेलुका ४ देखि राति १० बजे सम्म लिन सकिन्छ । खेलको टिकट हुनेहरुलाई दोहा मेट्राे चढ्न पैसा लाग्दैन ।