युएईलाई हराउँदै कतार गल्फ कपको सेमिफाइनलमा

युएईलाई हराउँदै कतार जारी २४ औं अरबियन गल्फ कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज खलिफा रंगशालामा समूह ‘ए’ तर्फ भएको अन्तिम खेलमा कतारले युएईलाई ४-२ ले हराएको हो । कतारको जितको लागि आक्रम अफिफले २० औ पहिलो मिनेटमा गोल गरे । त्यस्तै २८ औ मिनेटमा विपक्षी खेलाडीको ह्याण्ड हुँदा पाएको पेनाल्टी मार्फत अफिफले नै गोल गरेका थिए । खेलको ३३औ मिनेटमा युएईका लागि अलि मख्बोउतले गोल गर्दै खाता खोलेका थिए ।

आजको खेलमा निकै आक्रामक खेलेको युएईको डिफेन्स लाइन भने फितलो रह्यो । खेलको ५३ औ मिनेटमा हस्सन अल हेदोसले कतारका लागि तेस्रो गोल गरे । ७७ औ मिनेटमा कतारी गोलकिपर साद्दले विपक्षी खेलाडीलाई लडाएपछि पाएको पेनाल्टी मार्फत मख्बोउतले दोस्रो गोल गरेका थिए । कतारको तर्फ बाट बोउलेम खौउकि ले ९४ औ मिनेटमा गोल गर्दै जीत पक्का गरे ।

उता यमन र इराकले बराबरी खेलेको छ ।

आजै ८ बजे ओमान र साउदी अरबिया तथा कुवेत र बहराइन बिचको खेल हुदैछ ।

कतारले सेमिफाइनल खेलमा आउने बिहिबार साउदी अरेबियाको सामना गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button