साउदीले कतारलाई निम्तो पठायो

क्यूएनए
साउदी अरबियाले कतारको अमिर शेख तमिम बिन हमाद अल थानीलाई गल्फ सहायता काउन्सिल (जीसीसी) सम्मेलनका लागि निम्तो पठाएको छ। डिसेम्बर १० मा रियादमा हुने ४० औँ सम्मेलनमा भाग लिन साउदीका राजा सलमानले लिखित पत्र मार्फत जीसीसीका सचिब अब्दुल्लातिफ अल जायनीको हातमा निम्तो पठाएको कतार न्यूज एजेन्सीले जनाएको छ।
जीसीसी ६ खाडी राष्ट्रको संगठित समूह हो । जसमा कतार,साउदी अरेबिया,युएई,बहराइन,ओमान र कुवेत रहेका छन् ।
आतंकवादलाई सहयोग गरेको र आफ्नो देशको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै साउदी,युएई र बहराइन मिलेर सन् २०१७ को जुन देखि कतारमाथी नाकाबन्दी लगाउदै आइरहेका छन् । कतारले आफुलाई झुठो आरोप लगाएको भन्दै त्यसलाई नकार्दै आइरहेको छ । हाल आएर छिमेकी राष्ट्रहरुको नाकाबन्दीको असर कतारमा न्यून रहेको छ ।
HH the Amir received a written message from the Custodian of the Two Holy Mosques of the Kingdom of Saudi Arabia inviting HH the Amir to attend the GCC Supreme Council 40th session to be held in Riyadh, on December 10 #QNA pic.twitter.com/QvalHhdOKO
— Qatar News Agency (@QNAEnglish) December 3, 2019
केही लचिलो
नाकाबन्दी पश्चात यसअघि पहिलो पटक गत वर्ष साउदी अरेबियाले सम्मेलनमा भाग लिन कतारलाई निम्तो पठाएको थियो । अमिर शेख तमिम सहित अन्य राष्ट्रका मुख्य व्यक्तित्वको साथ आयोजना भएको सम्मेलनको बैठक बिना निस्कर्श टुंगिएको थियो ।
हालै आएर कतारले आयोजना गरेको २४ औं अरेबियन गल्फ कपमा सहभागिताले पनि छिमेकी देशहरु कतारप्रती केही लचिलो भएको देखिन्छ । त्यस्तै कतारका बिदेशमन्त्री शेख मोहम्मद बिन अब्दुल रह्मान अल थानिले पनि गएको महिना अनऔपचारिक भ्रमण गरेको केही सञ्चार माध्यममा खबर छ ।