टिकट किन्न घुइँचो

कतारमा जारी २४ औं अरेबियन गल्फ कपको सेमिफाइनल खेलका लागि हिजो खुला गरिएको टिकट खरिद गर्न घुइँचो लागेको छ ।
हिजो बेलुका ४ बजे पछि सुरु गरिएको टिकट बिक्री पश्चात एसियन च्याम्पियन कतार र साउदी अरेबिया बिचको सेमिफाइनल खेलको टिकट किन्न मलहरुमा लागेको निकै लामो लाइन सामाजिक संजालभरी देखिएको थियो ।
कतारले भोलि साउदी अरेबिया सङ वक्रास्थित अल जनौब रंगशालामा राती ८ बजे खेल्दैछ । त्यस्तै इराकले बहराइनसङ ५ बजे अल साद्दस्थित जस्सिम बिन हमाद रंगशालामा खेल्दैछ ।
कतार फुटबल एसोसिएसनको अनुसार कतार र साउदी अरेबिया बिचको खेलको २५ हजार बढी टिकट बिक्री भैसकेको छ । इराक र बहराइन बिचको खेलको टिकट भने उपलब्ध रहेको छ।
टिकट आज पनि भिलाजियो मल,मल अफ कतार,दोहा फेस्टिभल सिटी,शौक वकिफ र कतारामा बेलुका ४ देखि १० बजे सम्म उपलब्ध हुनेछ । अनलाइनका खरिदका लागि gulfcup2019.qa जान सकिन्छ ।