आज कतार विरुद्ध साउदी अरेबिया (पूरा विवरण सहित)
कतारमा आयोजना भईरहेको २४ औं अरबियन गल्फ कप अन्तर्गत आज सेमिफाइनलका खेलहरु हुँदैछ । अब्दुलाह बिन खलिफा रंगशालामा आज ५ बजे इराक र बहराइन बिचको पहिलो खेल हुँदैछ । दोस्रो खेल कतार र साउदी अरेबिया बिच राति ८ बजे वक्रास्थित अल जनौब रंगशालामा हुनेछ ।
कतार विरुद्ध साउदी अरेबिया
कतार समूह `ए´ को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । प्रतियोगितामा कतारले इराकसङ्ग १-२,यमनसङ्ग ६-० र युएई सङ्ग ४-२ गोल अन्तरको खेलहरु खेलेको थियो । यता साउदी अरेबिया समूह `बी´ को विजेता रहेको छ । उसले कुवेत सङ १-३,बहराइन सङ २-० र ओमान सङ ३-१ को खेलहरु खेलेको छ ।
सन् २००० यताको खेल हेर्ने हो भने कतारले साउदी अरेबिया लाई चार पटक हराएको छ । त्यस्तै आयोजक कतारले दुई खेल हारेको छ भने चार खेल बराबरी खेलेको छ । यसै वर्ष भएको एएफसी एसियन कपमा पनि कतारले साउदी अरेबियालाई २-० ले पराजित गरेको थियो । कतार यसै वर्षको एसियन च्याम्पियन हो भने साउदी अरेबियाले गत वर्षको फिफा विश्वकप खेलिसकेको छ ।
कतारको जितका लागि आज यो वर्षको एसियन प्लेयर घोषित अक्रम अफिफ,अब्देलकरिम हस्सन,अल्मोएज अलि र कप्तान हस्सन अल हेएदोसले मुख्य योगदान दिनुपर्नेछ । उता साउदी एएफसी च्याम्पियन्स लिग जितेको अल हिलाल क्लबका ८ खेलाडीको भरमा आज मैदान उत्रिदै छ । अल हिलाल क्लबले कतारमै आयोजना हुने फिफा क्लब विश्वकप पनि खेल्दैछ ।
खेल हेर्न जाने दर्शकले थाहा पाउनुपर्ने कुराहरु
- खेल वक्रास्थित अल जनौब रंगशालामा हुनेछ । रंगशाला ४० हजार दर्शक सिट क्षमताको रहेको छ ।
- खेल हेर्न जान सम्पुर्ण टिकट बिक्रि भैसकेको कतार फुटबल एसोसियसनले जनाएको छ ।
- दर्शकलाई मेट्राे सेवा चढ्न निशुल्क रहेको छ । त्यसका लागि टिकट काउन्टर नजिकै रहेको कार्यलयमा गई कम्प्लीमेन्टरी टिकट लिनुपर्नेछ ।
- मेट्राे चढेर जाने दर्शकहरु अल वक्रा स्टेशन नभई रस अबु फोन्टस स्टेशनमा झर्नुपर्नेछ ।
- अल वक्रा र रस अबु फोन्टस स्टेशन बाट दिउँसो ३ बजे देखि निशुल्क बस सेवा उपलब्ध हुनेछन् ।
- वक्रा स्टेशनमा रहेको पार्किङ सेवा आज नजिकैको अन्य स्थलमा सारिएको छ ।
- सडक विभाग आस्घालले दर्शकको सुविधाका लागि १९० बाटो चिन्ह तथा ११ बिधुतिय चिन्ह जडान गरिसकेको छ ।
- आजको दिन सामान्य तथा रात केही चिसो रहनेछ ।
मोबाइलमा लाइभ कसरी हेर्ने ?
फेसबुक – http://facebook.com/alkasstv
– http://facebook.com/roadto2022
युट्युब – http://- YouTube https://m.youtube.com/user/AlkassSportsTV