बिज्ञापन

दोहा मेट्राेको ग्रीन लाइन सेवा डिसेम्बर १० देखि सुरु हुने

 

दोहा मेट्राेको पहिलो चरण अन्तर्गत ग्रीन लाइनको प्रारम्भिक सेवा आउने डिसेम्बर १० देखि सुरु हुने यातायात तथा सञ्चार मन्त्रालयले जनाएको छ । ग्रीन लाइन सेवाको रुट अल मन्सुरा देखि अल रिफा (मल अफ कतार) सम्म रहेको छ । यस सेवा सुरु भए पश्चात दोहा मेट्राे मध्येको मुख्य सेवा सन्चालनमा रहनेछ ।

 

जम्मा ११ रुट

देशको पुर्व देखि पश्चिम सम्म चल्ने यस सेवामा जम्मा ११ रुट रहनेछ । जसमा अल मन्सुरा,मिशरिब,अल बिद्दा,द व्हाइट प्यालेस,हमाद अस्पताल,अल मेस्सिला,अल रेयान अल कदिम,अल शकाब,कतार नेशनल लाइब्रेरी,एजुकेसन सिटी र अल रिफा (मल अफ कतार ) रहेको छ ।

 

एजुकेसन सिटी रंगशाला

यस रुट बाट  एजुकेसन सिटी रंगशालामा फुटबल हेर्न जाने दर्शकका लागि निकै फाइदा पुग्नेछ । रंगशालाको उद्घाटन डिसेम्बर १८ तारिक हुँदैछ । सोही दिन रंगशालामा क्लब विश्वकपमा लिभरपुल समावेश सेमिफाइनल खेल पनि हुँदैछ । सो प्रतियोगिताको फाइनल खेल पनि यसै रंगशालामा हुँदैछ ।

सेवा समय

ग्रीन लाइन सेवा सन्चालन हुने समय पनि रेड र गोल्ड लाइनको जस्तै रहनेछ । मेट्राे सेवा शनिबारदेखि बिहिबार सम्म ६ देखि राती ११ बजे र शुक्रबार दिउँसो २ देखि राती ११ बजे सम्म रहनेछ ।

रेड,ग्रीन र गोल्ड लाइन बिचको मेट्राे सेवा मिशरिब स्टेशन बाट परिवर्तन गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button