रास्कोट अस्पताललाई सद्भाव युवा समाजको १० लाख सहयोग
नेपालको विकट जिल्ला कालिकोटमा सन्चारकर्मी रबि लामिछानेको अभियन्तामा निर्माण हुनलागेको रास्कोट सामुदायिक अस्पतालका लागि सद्भाव युवा समाज कतारले दस लाख रुपैयाँ सहयोग गरेको छ ।
हालसालै न्यूज २४ टेलिभिजनको कार्यालयमा एक कार्यक्रम बिच समाजले रबि लामिछानेलाई उक्त रकम प्रदान गरेको हो । सोहि कार्यक्रममा सद्भाव युवा समाजको नेपाली शाखाले पनि अस्पतालका लागि २० हजार ५ सय रुपैयाँ नगद थप सहयोग गरेको छ ।
सन्चारकर्मी लामिछानेले एक भिडियो मार्फत सहयोग गर्ने सद्भाव युवा समाजका सम्पुर्ण सदस्यलाई धन्यवाद व्यक्त गरेका छन् । संकलित उक्त रकमले अस्पताल निर्माणमा ठुलो सहयोग पुग्ने भन्दै समाजको यस कार्यलाई स्वागतयोग्य भनेका छन् । विदेशी भुमिमा रहेर पनि आफ्नो देशप्रतीको मायालाई कदर गर्दै आगामी दिनमा पनि यस्तै सहयोग गर्ने हौसला मिलोस भनि लामिछानेले भिडियोमा शुभकामना समेत व्यक्त गरेका छन् ।
कतार एयरवेजको विभिन्न पदमा कार्यरत नेपालीहरु बाट २००८ मा स्थापना भएको सद्भाव युवा समाजले यसअघि पनि विभिन्न क्षेत्रमा थुप्रै सहयोग गर्दै आइरहेको छ । समाजले नेपालको विनाशकारी भुकम्पको बेला प्रधानमन्त्री कोषमा १७ लाख रुपैयाँ सहयोग गरेको थियो । त्यस्तै गत वर्ष महावीर पुनद्वारा संचालित राष्ट्रिय आविष्कार केन्द्रलाई ६ लाख रुपैयाँ र दुरागाउमा सन्चालन भएको एक दिने अाँखा शिविरलाई पनि समाजले ५० हजार रुपैयाँ सहयोग गरेको थियो ।