दोहा मेट्राेकाे तीनवटै लाइन सन्चालनमा आयो

दोहा मेट्राेको ग्रीन लाइन सेवा आज देखि सुरु भएको छ । यो संगै दोहा मेट्राेको तीन वटै लाइन सन्चालनमा आएको छ । यसअघि देखि मेट्राेको रेड र गोल्ड लाइन सेवा सन्चालनमा छ ।

दोहा मेट्राेले रेड लाइन सेवामा हमाद विमानस्थल,कतारा,कतार युनिभर्सिटी र लुसेल सम्मको सेवा पनि थप गरेको छ ।

ग्रीन लाइन सेवाको रुट अल मन्सुरा देखि अल रिफा (मल अफ कतार) सम्म रहेको छ । यस सेवा सुरु भए पश्चात दोहा मेट्राे मध्येको मुख्य सेवा सन्चालनमा आएको छ ।

जम्मा ११ रुट

देशको पुर्व देखि पश्चिम सम्म चल्ने यस सेवामा जम्मा ११ रुट रहनेछ । जसमा अल मन्सुरा,मिशरिब,अल बिद्दा,द व्हाइट प्यालेस,हमाद अस्पताल,अल मेस्सिला,अल रेयान अल कदिम,अल शकाब,कतार नेशनल लाइब्रेरी,एजुकेसन सिटी र अल रिफा (मल अफ कतार ) रहेको छ ।

सेवा समय

ग्रीन लाइन सेवा सन्चालन हुने समय पनि रेड र गोल्ड लाइनको जस्तै रहनेछ । मेट्राे सेवा शनिबारदेखि बिहिबार सम्म ६ देखि राती ११ बजे र शुक्रबार दिउँसो २ देखि राती ११ बजे सम्म रहनेछ ।

रेड,ग्रीन र गोल्ड लाइन बिचको मेट्राे सेवा मिशरिब स्टेशन बाट परिवर्तन गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button