जीसीसी सम्मेलन : खाडी सुरक्षा बढाउने सहमति

अल जजिरा

रियादमा भएको ४० औं जीसीसी सम्मेलन खाडीमा सुरक्षा बढाउने सहमतिका साथ सम्पन्न भएको छ । यधपी कतारसंग छिमेकी राष्ट्रहरुको बिग्रेको कुटनीतिक सम्बन्ध सुधार्न कुनै विशेष छलफल भने भएन ।

गल्फ सहायता काउन्सिलको हिजो भएको सम्मेलनमा कतारबाट अमिर शेख तमिम बिन हमाद अल थानीको सहभागिता रहेन बरु उहाँको स्थानमा प्रधानमन्त्री तथा आन्तरिक मन्त्री अब्दुलाह बिन नास्सेर बिन खलिफ अल थानीले कतारको प्रतिनिधित्व गर्दै सम्मेलनमा भाग लिनुभएको थियो । साउदीका राजा सलमानले प्रधानमन्त्री अब्दुलाहलाई हिजो विमानस्थलमा गरेको स्वागतले यतिबेला चर्चा पाइरहेको छ ।

साउदीका राजा सलमानले तेल वितरण सुरक्षित गर्न,समुद्री च्यानल बढाउन र  इरानसंगको सामना गर्न खाडी क्षेत्रको एकता हुनुपर्ने जोड दिएका छन्  ।

कतार,साउदी अरेबिया,कुवेत,बहराइन,ओमान,युएई बिच एक घण्टा भन्दा कम समय भएको बैठकमा सैन्य शक्ति बढाई खाडी सहकार्य बलियो बनाउने सहमति भएको छ । बैठकमा २०२५ भित्र आर्थिक तथा मौद्रिक एकता हासिल गर्ने पनि पहल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button