क्लब विश्वकप : आज क्वाटरफाइनलका दुई खेलहरु हुँदै
कतारमा जारी क्लब विश्वकप प्रतियोगिता अन्तर्गत आज क्वाटरफाइनलका दुई खेलहरु हुँदैछ ।
पहिलो खेलमा साउदी अरेबियाको अल हिलाल क्लब र टुनेसियाको एस टुनिस विरुद्ध ५:३० र कतारको अल साद्द र मेक्सिकन क्लब मोन्टेररे बिच ८:३० बजे दोस्रो खेल हुँदैछ । दुबै खेल जस्सिम बिन हमाद रंगशालामा हुनेछ ।
अल साद्द क्लबले पहिलो खेलमा लाई ३-१ गोलले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
डिसेम्बर १८ मा हुने भनिएको एजुकेसन सिटी रंगशालाको उद्घाटन स्थगित भएपछि प्रतियोगिताको सबै खेलहरु जस्सिम बिन हमाद र खलिफा रंगशालामा सन्चालन भैरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो