नाकाबन्दी हटाउनु नै खाडी समस्या समाधानको पहिलो कदम : अमिर

अमीर शेख तमीम बिन हमाद अल-थानीले हिजो संयुक्त राष्ट्र संघको ७५ औं महासभालाई सम्बोधन गर्नुभएको छ ।

अमीरले आफ्नो मन्तव्यमा संयुक्त हित र राज्यको सार्वभौमिकताप्रति सम्मानका आधारमा निशर्त वार्ता नै खाडी समस्या समाधान गर्ने माध्यम भएको र गैर कानूनी नाकाबन्दी हटाउनु नै यसमाथि पहिलो कदम हुने बताउनुभएको छ ।

“कतारमाथि अन्यायपूर्ण तथा अवैध नाकाबन्दी सुरु भएको तीन बर्ष भन्दा बढी बितिसकेको भए पनि हामी विभिन्न क्षेत्रको प्रगति र विकास तर्फ सफलतापुर्वक लागिरहेका छौं। नाकाबन्दीको बाबजुद कतारले यसको समाधान खोज्न बहुपक्षीय अन्तर्राष्ट्रिय प्रयासमा आफ्नो प्रभावकारी सहभागिता अझ मजबुत बनाएको छ, ” अमीरले भन्नुभयो ।

“अन्तर्राष्ट्रिय कानून र संयुक्त राष्ट्र संघको बडापत्रको सिद्धान्त र प्रावधानको सम्मानमा र विशेष गरी राज्यहरूको सार्वभौमिकताको सम्मान गर्ने र राज्यको आन्तरिक मामिलामा हस्तक्षेप अस्वीकार गर्ने सिद्धान्तको आधारमा यस नाकाबन्दीको क्रममा हामीले हाम्रा नीतिहरू सुदृढ गरेका छौं ।

“हामी हाम्रो मानिसहरूप्रति नैतिक र कानुनी जिम्मेवारी वहन गर्दछौं । संयुक्त हित र राज्यको सार्वभौमिकताप्रति सम्मानका आधारमा निशर्त वार्ता नै खाडी समस्या समाधान गर्ने पहिलो माध्यम भएको कुरा हामीले दोहोर्याउदै आइरहेका छौ र यसलाई जारी राख्नेछौ । अमिरले भन्नुभयो ।

“खाडी संकट हामी माथिको अवैध नाकाबन्दी बाट सुरु भएको हो र यो नाकाबन्दी हटाउनु नै यसको समाधान गर्ने पहिलो चरण हुनेछ,” अमीरले आफ्नो सम्बोधनमा भन्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button