सिन्धुपाल्चोकमा बस दुर्घटना,१३ जनाको घटनास्थलमै मृत्यु (अपडेट)

दोलखाको कालिन्चोकबाट भक्तपुर आउँदै गरेको यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटनामा परी कम्तिमा १३ जनाको घटनास्थलमै मृत्यु भएको छ । बा २ ख ४४६८ नम्बरको बस आज बिहान सिन्धुपाल्चोकको सुनकोशी-७ स्थित पाँच किलो मोडमा दुर्घटना हुँदा १३ को घटनस्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा ८ महिला, ३ पुरुष,१ बालक र १ बालिका रहेका छन् । बसको ब्रेक फेल हुँदा बस मोडबाट २ सय मिटर तल खसेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो