क्लब विश्वकप : मोन्टेररे र अल हिलाल क्लब सेमिफाइनलमा

कतारमा जारी क्लब विश्वकपमा हिजो भएको खेलमा मोन्टेररे र अल हिलाल क्लब विजयी भएका छन् । जस्सिम बिन हमाद रंगशालामा भएको पहिलो खेलमा साउदी अरेबियाको अल हिलाल क्लबले एस टुनिस क्लबलाई १-० गोल अन्तरले हराएको छ । अल हिलालको जितका लागि ७३ औं मिनेटमा गोमिसले गोल गरेका थिए ।
त्यस्तै दोस्रो खेलमा मेक्सिकन क्लब मोन्टेररेले कतारको अल साद्द क्लबलाई ३-२ गोलले पराजित गरेको छ । मोन्टेररेको जितका लागि भन्जिओनीले २३ , फुनेसले ४६ र रोड्रिगेजले ७७ औं मिनेटमा गोल गरे । अल साद्दका लागि बोउनेडजाले ६६ र हस्सनले ८९ औं मिनेटमा गोल गरेका थिए ।
पाचौं स्थानका लागि तारिक अल साद्द र एस टुनिसले प्रतिस्पर्धा गर्नेछ ।
यता फाइनलका लागि मोन्टेररे र लिभरपुलले ८:३० बजे बुधबार र अल हिलालले ब्राजिलियन क्लब फ्लामेङोसंग मंगलबार खलिफा रंगशालामा खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो