बिज्ञापन

चलचित्र विकास बोर्ड अध्यक्ष भट्टराईको निधन

चलचित्र विकास वोर्ड अध्यक्ष केशव भट्टराईको निधन भएको छ । आईतबार नेपाली समय राती करिब १०:३० बजे काठमाण्डौको चाबहिलस्थित ओम अस्पताल पुर्याउदा उनको निधन भईसकेको अस्पताल श्रोतले बताएको छ ।

निधनको कारण भने अस्पतालले खुलाएको छैन । आज पोस्टमार्टम रिपोर्ट आएपछि मात्र निधनको कारण थाहा हुने बताइएको छ ।
चिनो मार्फत अभिनयमा प्रवेश गरेका भट्टराईले आधा दर्जनभन्दा बढी फिल्म निर्माण गरेका थिए । आफ्नो मान्छे, पाहुना, देवरबाबु, सो सिम्पल, छोडीगए पाप लाग्ला,यात्रा उनले निर्माण गरेका चर्चित फिल्म हुन् । यि मध्ये पनि आफ्नो मान्छे नेपाली सिनेमाको सर्वाधिक हिट फिल्ममध्ये एक मानिन्छ ।

स्व. भट्टराईको मृत आत्माको चिर शान्तिको कामना साथै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button