लिभरपुल फुटबल क्लब कतार आईपुग्यो

अलिबाबाद्वारा प्रायोजित फिफा क्लब विश्वकपका २०१९ का लागि यूरोपियन च्याम्पियन लिभरपुल फुटबल क्लब कतार आईपुगेको छ ।
लिभरपुलले आउने बुधबार मोन्टेररे संग खलिफा रंगशालामा बेलुका ८:३० बजे सेमिफाइनल खेल खेल्दैछ ।
हालसम्म लिभरपुलले क्लब विश्वकप खेल्न पाएको छैन । यो वर्ष क्लबले प्रतियोगिता जित्ने आशा गरिएको छ । क्लबलाई हौसला बढाउन हजारौं संख्यामा विदेशी फ्यान कतार आइसकेका छन् ।
लिभरपुल सहित अन्य खेलको टिकट fifa.com/tickets मा उपलब्ध रहेको छ ।