मंगलबार र बुधबार वर्षा हुने
देशको प्राय स्थानमा मंगलबार र बुधबार पुन हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम विभागले बताएको छ । यो हप्ताको सुरु देखि कतारमा वर्षा भैरहेको छ ।
मौसम हल्का देखि पुरै बदली भै देशको प्राय स्थानमा छिटफुट देखि मध्यम वर्षा हुने र अर्को हप्ताको सुरु सम्म कडाहावाहुरी पनि चल्ने विभागले बताएको छ ।
توقعات حالة الطقس حتى مطلع الأسبوع القادم. #قطر #تقرير #أرصاد_قطر
expected weather until the beginning of next week. #Qatar pic.twitter.com/kWLX6Pc7q0— أرصاد قطر (@qatarweather) December 16, 2019
सो समयमा हावाको गति १० हुँदै ६५ किलोमिटर प्रति घण्टा सम्म पुग्न सक्नेछ । त्यस्तै प्रत्यक्षता भने २ किलोमिटर भन्दा तल रहनेछ । आधिकारिक श्रोत बाट मात्र समाचार लिन र सामुद्रिक गतिविधि नगर्न पनि विभागले सावधानी गरेको छ ।
सो समयमा देशको तापक्रम २० देखि १४ डिग्री सेल्सियस बीच रहनेछ ।