कतारको राष्ट्रिय दिवसको बारेमा बुझ्नुपर्ने कुराहरु

कतारको राष्ट्रिय दिवस डिसेम्बर १८ मा किन ?
कतारले देशको सस्थापक शेख जस्सिम बिन मोहम्मद बिन थानीको स्मरण गर्दै हरेक वर्ष डिसेम्बर १८ तारिकका दिन राष्ट्रिय दिवस मनाउने गर्दछ । सन् १८७८ को यसै दिन उनले आफ्नो पिता शेख मोहम्मद बिन थानीको देहान्त पछि राजगद्दी सम्हालेका थिए । उनकै पालामा कतार एक स्वतन्त्र मुलुक बनेको थियो ।
यो वर्षको नारा ?
संस्कृती तथा खेलकुद मन्त्रालयले यो वर्षको नेशनल डे को नारा “अल माली केदाह” सार्वजनिक गरेको छ । जसले साधारणमा सत्यको बाटो गार्हो हुन्छ भन्ने बुझाउँछ ।
कतारका संस्थापक शेख जस्सिम बिन मोहम्मदले आफ्नो छोरा शेख अलि बिन जस्सिम (जोआन ) को बर्णन गर्दै लेखेको कविता बाट यो वर्षको नारा प्रेरित भएको हो । कविता त्यो समयमा कतारी युवापुस्ताको पनि प्रतिनिधित्व गर्दै लेखिएको थियो ।
शेख जस्सिम सेना प्रमुख,बिध्वान, निर्णायक,योद्धा र कवि पनि थिए ।
उनले यूरोप,भारत ,अफ्रिका लगायतका राष्ट्र संग सम्बन्ध विस्तार गरि पर्लको व्यापार समेत बढाएका थिए । जसले गर्दा धेरै कतारी जनताले आफ्नो जिवनस्तर सुधार गरे ।
यो दिन कतारले कसरी मनाउँछ ?
यस दिन कतारमा सार्वजनिक बिदा हुने गर्दछ । देशको प्रायजसो सरकारी तथा निजी कार्यक्षेत्र यस दिन बन्द हुन्छ । यधपी अत्यावश्यक स्थान जस्तै अस्पताल ,सुरक्षागार्ड , विमानस्थल,होटेल लगायत केही कार्यक्षेत्रमा भने बिदा हुँदैन । बिदा नदिने क्षेत्रमा ओभरटाइम दिएर मात्र काम लगाउनु पर्ने श्रम कानुनमा उल्लेख छ ।
देशभर विभिन्न कार्यक्रम आयोजना गरि यस दिन भब्यताका साथ सम्पन्न गरिने चलन छ । यसै दिन देशको झन्डा लगायत अन्य राष्ट्रिय भाव झल्किने गरि गाडी सजाउने,कर्नेशमा सैनिक परेड,आतसबाजी लगायत हवाई शो पनि गरिन्छ ।
२००७ को जुन अघि कतारले सेप्टेम्बर ३ मा आफ्नो राष्ट्रिय दिवस मनाउने गर्दथ्यो । सेप्टेम्बर ३,१९७१ मा कतारले बेलायत बाट स्वतन्त्रता पाएको थियो ।
मुख्य कार्यक्रम ?
कतार आर्मी, आईएसएफ,आन्तरिक मन्त्रालय,अमिरी गार्डले कर्नेशमा सामुहिक सार्वजनिक परेड गर्ने गर्दछ । यो वर्ष परेडको समय बिहान ९:३० बजे रहेको छ ।
आतशबाजी , कार शो लगायत अन्य ।
कार्यक्रम हुने मुख्य स्थान ?
दोहा कर्नेश,दर्ब अल साइ,कतारा,एस्पायर जोन लागायत अन्य ।
सन् २०१६ मा एलेपोमा जनता र सरकार बिच भएको द्वन्दको विरोधमा कतारले राष्ट्रिय दिवस मनाएको थिएन ।
भोलि हुने कार्यक्रम बारे जानकारी आउँदै ….