भोलि कहाँ कहाँ हुँदैछ कार्यक्रमहरु ? ( पूरा विवरण सहित )

हरेक वर्ष झै कतारले भोलि १८ डिसेम्बरमा आफ्नो नेशनल डे मनाउँदैछ।यो सन् १९७८ भएको कतार एकीकरण पछि मनाउने गरिएको राष्ट्रिय उत्सव हो।यो हरेक वर्ष १८ डिसेम्बरका दिन मा मनाउने गरिन्छ।यस दिनमा सार्वजनिक बिदा दिने चलन भने २००७ देखि सुरु भएको हो।त्यो भन्दा पहिले यो दिन राष्ट्र स्वतन्त्रताको नाममा सेप्टेम्बर ३ मा मनाउने गरिन्थ्यो।
नेशनल डे मनाउन भोलि विभिन्न स्थानमा आयोजना हुने कार्यक्रमहरू मध्ये नेपाली समुदाय सँग जोडिएका कार्यक्रमहरू यस्ता छन्।

कर्नेश
नेशनल डे आर्मी परेड बिहान ९ बजे।
- कर्नेश रोड बिहान ६ बजे देखि बन्द हुनेछ ।
- कतरा बाट ३०० ड्रोन को हवाई प्रदर्शन बेलुका ७ देखि ९ बजे सम्म।
- एक लाख किसिमको सांगीतिक आतसबाजी बेलुका ८ देखि ८:१० सम्म।
दोहा मेट्राे
दोहा मेट्राेले डिसेम्बर २१ सम्म आफ्नो कार्य समय बढाएको छ । मेट्राे सेवा अन्य दिन बिहान ६ देखि राती १ बजे सम्म र शुक्रबार दिउँसो २ देखि बिहान १ बजे सम्म रहनेछ । मेट्राेको रेड लाइन अन्तर्गत जोआन स्टेशन देखि नेशनल डे को मुख्य स्थान दार्ब अल साइ सम्म बस सेवा पनि सन्चालनमा रहनेछ ।
बर्वा अल बारह ( फुटबल मैदान)
- विभिन्न कम्पनी को समूह बाट प्रदर्शन।
- नेपाल,भारत,श्रीलंका र बंगलादेशी समुदाय बाट सांस्कृतिक कार्यक्रम।
- एशियन वादक समूह बाट सांगीतिक प्रस्तुति।
- पुरानो कार र हारले डेभिडसन बाइक प्रदर्शन।

एशियन सिटी (फुटबल मैदान)
- विभिन्न कम्पनी को समूह बाट प्रदर्शन।
- नेपाल,भारत,श्रीलंका र बंगलादेशी समुदाय बाट सांस्कृतिक कार्यक्रम।
- एशियन वादक समूह बाट सांगीतिक प्रस्तुति।
- पुरानो कार र बाइक प्रदर्शन।
एशियन टाउन (क्रिकेट स्टेडियमको पार्किङ स्थल)
- विभिन्न विधालयका विद्यार्थी द्वारा मार्चपास,सांस्कृतिक तथा कतारी परम्पराको प्रस्तुति।
- नेपाल,भारत,श्रीलंका र बंगलादेशी समुदाय बाट सांस्कृतिक कार्यक्रम।
- एशियन वादक समूह बाट प्रस्तुति।
- पुरानो कार र बाइक प्रदर्शन।
- निशुल्क रगत तथा सुगर जाँच।
एशियन टाउन (क्रिकेट स्टेडियम)
- अन्तराष्ट्रिय क्रिकेट टुर्नामेन्ट।

बर्वा श्रमिक कम्प्लेक्स(अल खोर औद्योगिक क्षेत्र)
- एशियन वादक समूह बाट सांगीतिक प्रस्तुति।
- पुरानो कार र बाइक प्रदर्शन।
- विभिन्न कम्पनी को समूह बाट प्रदर्शन।
- नेपाल,भारत,श्रीलंका र बंगलादेशी समुदाय बाट सांस्कृतिक कार्यक्रम।