ट्याक्सी बुक गर्न मिल्ने नयाँ एप ‘लिमोलाईट’मा रजिस्ट्रेशन खुल्ला

कतारको यातायात बजारमा अर्को ट्याक्सी बुक गर्न मिल्ने एप भित्रिने भएको छ । एक्सप्रेस लिमोजिन कम्पनीले मोवाइल एप सहित ट्याक्सी बूकिङ सेवा संचालनमा ल्याएको हो । नेपाली लगानी समेत रहेको ‘लिमोलाईट’ एप, औपचारिक रुपमा भने जनवरी १ तारिख देखी सुरु हुने कम्पनीले जनाएको छ ।

के हो लिमोलाईट ‘एप’ ?

नविनतम यातायातको जमानामा ‘लिमोलाईट’ पनि अरु एप जस्तै एउटा सेवादायी एप हो ।
बजारमा अन्य ट्याक्सी बुक गर्न मिल्ने मोवाइल एप भन्दा यो सेवा सरल तथा यात्रु लक्षित हुनेछ ।
अरु बूकिङ्ग एप भन्दा सस्तो र सजिलो रहने कम्पनीले दाबी गरेको छ ।


लिमोजिन ड्राइभर लाई पनि हुन्छ फाईदा ?

‘लिमो लाईट’ले लिमोजिन ड्राइभर हरु लाई अरु कतारका बूकिङ एप भन्दा थोरै कमिसन लिनेहुँदा लिमोजिन ड्राइभर लाई पनि यो एप फाईदा जनक रहनेछ ।  पोइन्ट राम्रो रहेको अवस्थामा लिमो लाइटले थप उपहार समेत दिनेछ ।

के के गर्नु पर्छ लिमोजिन ड्राइभरले एपमा रजिस्ट्रेशन गर्न ?

१) गूगल एपमा गएर “Limolite Driver” एप डाउनलोड गर्ने ।
२) ड्राइभर हरुले फोर्म भर्ने, आफ्नो कतारी आईडी, लाइसन र गाडीको इस्तमारा को कपि मोबाईलमा स्क्यान गर्ने राख्ने ।
३) गाडी भने अनिवार्यरुप मा लिमोजिन कम्पनीमा दार्ता भएको हुनु पर्दछ ।

 

कहाँ छ लिमोलाईट एपको कार्यालय ?

Al EZZ TOWER 4. 5th Floor Office No.52
Old Salata
सम्पर्क : 77713978 | 50097770 | 30997707

ग्राहक वर्गले भने लिमोलाईट एप यहाँ बाट डाउनलोड गर्न सक्नुहुनेछ । 
#Limolight

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button