‘नेशनल डे’ भव्यताका साथ सम्पन्न

कतारको परम्परा,संस्कृति,सैन्य शक्ति सँगै १२ औं राष्ट्रिय परेडको साथ देशभर विभिन्न कार्यक्रम आयोजना गर्दै यो वर्षको राष्ट्रिय दिवस भव्यताका साथ सम्पन्न भएको छ।

हिजो बिहान कर्नेशमा आयोजित कार्यक्रममा अमिर शेख तमिम विन हमाद अल थानी,बुवा अमिर, अमिरको निजी प्रतिनिधिहरू,प्रधानमन्त्री तथा आन्तरिक मन्त्री,मन्त्रिमण्डलका सदस्यहरू,सल्लाहकार परिषदका प्रवक्ता लगायत हजारौं कतारबासीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

पछिल्लो वर्षहरू झै यो वर्ष पनि विभिन्न सैन्य पहिरनमा सैनिकहरूले राइफल बोकी, नारा लगाउँदै झण्डै १.६ किलोमीटर सडकमा मार्चपास गरेका थिए।

यता मार्चपास भइरहँदा कतार एयरफोर्सको टिमले आकाशमा लडाकु जहाजको प्रदर्शन गरेको थियो। साथमा प्याराशुटको टिमले गरेको राष्ट्रिय रंगको प्रदर्शनले उपस्थित दर्शकहरुलाई उत्साह थपेको थियो। त्यसको केही समयमै हेलिकप्टरको एक समूहले कतारको राष्ट्रिय झण्डा फहराउँदै आकाश कतारमय बनाएको थियो।

त्यसपछि समुन्द्र नजिक बाट पड्किएको तोप सँगै झण्डै ३०० घोडाको र कैयौंको संख्यामा आएको ऊँटको साथमा कतार सैनिक,नागरिक रक्षा,समुन्द्री रक्षा गार्ड,प्रहरी,सैनिक पहिरन लगाएका बालबालिकाहरू मार्चपासमा समावेस थिए।

त्यस्तै राति कर्नेशमा गरिएको एक लाख प्रकारको सांगीतिक आतसबाजी र कतरामा ३०० ड्रोन मार्फत गरिएको प्रदर्शनी सम्झन लाएक बनेको थियो।

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button