बिज्ञापन

आज क्लब विश्वकपको फाइनल खेल हुँदै

कतारमा जारी १६ औं क्लब विश्वकप प्रतियोगिताको आज समापन हुँदैछ । खलिफा रंगशालामा आज ८:३० बजे उपाधीका लागि यूरोपियन च्याम्पियन लिभरपुल र दक्षिण अमेरिकन च्याम्पियन फ्लामेङो बिच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगिताको तेस्रो उपाधीका लागि पनि आज सोही रंगशालामामा बेलुका ५:३० बजे खेल हुँदैछ ।

लिभरपुल फुटबल क्लब

लिभरपुल यस वर्षको यूरोपियन च्याम्पियन रहेको छ । क्लब पहिलो पटक उपाधी जित्ने दाउमा छ । तर विपक्षी टिम सोचेजस्तो सजिलो भने छैन । यसअघिको सेमिफाइनलमा क्लबले मेक्सिकन टिम मोन्टेररे संग सङ्घर्षपूर्ण २-१ को जित हात पारेको थियो । क्लबले फ्लामेङो संग १९८० को ईन्टर कन्टिनेन्टल कपमा ३-० को हार बेहोरेको थियो । त्यस्तै २००८ को क्लब विश्वकपमा ब्राजिलकै सान पाउलो क्लबसंग फाइनल खेलमा १-० ले हारेको थियो । कतारमा विश्वकप खेल्न हिडेपछी घरेलु लिगमा आफ्नो जुनियर टिमलाई खेलाउँदा ५-० को हार पछि यतिखेर टिमले व्यापक आलोचना खेप्नुपरेको छ ।

जोएल मतिप ,देजान लोव्रेन,फबिन्हो र जिनि चोटका कारण आजको खेलमा देखिने छैनन् । तर यसवर्षको फिफा उत्कृष्ट खेलाडीका रनरअप भर्जिल भ्यान डिजिक भने खेलमा उत्रिनेछन् ।

पछिल्ला पाँच खेल

लिभरपुल विरुद्ध मोन्तेररे २-१
लिभरपुल विरुद्ध एस्टन भिल्ला -०-५
लिभरपुल विरुद्ध वार्टफोर्ड २-०
लिभरपुल विरुद्ध बोउर्नेमाउथ ३-०

फ्लामेङो क्लब

फुटबलको देश ब्राजिलको घरेलुु क्लब फ्लामेङो यस वर्षको दक्षिण अमेरिकी महादिपको विजयी क्लब हो। क्लबले यसवर्ष विश्वकप जित्ने सम्भावना बलियो छ । पहिलो विश्वकप खेलेको क्लबले यसअघिको सेमिफाइनलमा साउदीको अल हिलाल क्लबलाई ३-१ ले हराएको थियो । क्लबको हजारौं संख्यामा फ्यान प्रतियोगिता हेर्न कतार आएका छन् । ब्राजिलमा यस प्रतियोगितालाई महत्त्वपूर्ण तरिकाले हेरिएको छ । क्लबमा कोहि पनि खेलाडी घाइते अवस्थामा छैनन् ।

पछिल्लो पाँच खेल

फ्लामेङो विरुद्ध अल हिलाल ३-१
फ्लामेङो विरुद्ध  सान्तोस ०-४
फ्लामेङो विरुद्ध  अभाई ६-१
फ्लामेङो विरुद्ध पाल्मेइरस ३-१
फ्लामेङो विरुद्ध  साइरा ४-१

सन् २००० देखि सुरु भएको क्लब विश्वकपमा रियल मेड्रिडले चार पटक उपाधी जितिसकेको छ । प्रतियोगिता अर्को वर्ष पनि कतारले आयोजना गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button