बिहीबार खण्डग्रास सूर्यग्रहण, दोहामा बिहान ६:१६ देखी सुरु हुने

यही डिसेम्बर २६ तारिख बिहीबार बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लाग्नेछ। ग्रहणले कतारलाई बिहान ६:१७ मा स्पर्श गर्नेछ भने बिहान ६:३६ मा मध्य हुने र ७:३० मा समाप्त हुनेछ ।

हिन्दू धर्मलाई मन्ने हो भने ग्रहण लाग्नुभन्दा चार प्रहर (१२ घण्टा) अघि अर्थात बुधवार बेलुकी ६:१७ देखि बालक, वृद्ध र रोगीबाहेकलाई शास्त्रीयरूपमा भोजन निषेध गरिन्छ । ग्रहणका बेलामा खानपिनलगायत महत्त्वपूर्ण काम निषेध गरिएको छ ।

उता नेपालमा भने बिहीबार पौष कृष्ण औँसीका दिन ग्रहणले बिहान ८:४२ मा स्पर्श गरी बिहान १०:०१ मा मध्य हुने र ११:३१ मा समाप्त हुनेछ । पूर्व र आग्नेय कोणको बीचबाट ग्रहण समाप्त हुने समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button