बिज्ञापन

दुई दिनमा ८० हजार बढीले चढे मेट्राे

सर्वसाधारणका लागि बुधबार देखि सन्चालनमा आएको कतार रेलले पछिल्लो दुई दिनमा यात्रुहरुको उल्लेखनीय भिड देखेको छ ।कम्पनीले आफ्नो सामाजिक सन्जालमा एक रिपोर्ट जारी गर्दै मेट्राे चढ्ने यात्रुहरुको संख्या ८६,४८७ पुगेको बताएको छ । कम्पनीको रिपोर्ट अनुसार बुधबार ३७,४५१ र बिहिबार ४९,०३६ यात्रुले दोहा मेट्राे चढेका छन् ।

“गएको दुई दिनमा नै देखिएको यात्रुहरुको संख्याले हामीमा थप हौसला बढेको छ । यसले कतारको यातायात क्षेत्रमा राम्रो प्रभाव छोड्नेमा हामी बिश्वस्त। “कम्पनीले आफ्नो ट्विटरमा लेखेको छ ।

दोहा मेट्राे अन्तर्गत रेड लाइन दक्षिण तर्फको प्रारम्भिक सेवा गत बुधबार देखि सञ्चालनमा आएको थियो । हाललाई जम्मा १८ मध्ये १३ वटा स्टेशन खुला गरिएको रुट अल कासर देखि अल वक्रा सम्म पर्छ । हरेक ६ मिनेटमा एउटा ट्रेन छुट्ने यस रुट शुक्रवार बाहेक हरेक दिन बिहान ८ देखि राती ११ बजे सम्मका लागि सञ्चालनमा रहेको छ ।

यो पनि पढ्नुहोस :

दोहा मेट्राेको ट्राभल कार्ड कसरी लिने ?

दोहा मेट्रो बुधबार सर्वसाधारणका लागि खुला गरिने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button