९ जना नेपालीले पाए आममाफी

कतारको राष्ट्रिय दिवसको अवसरमा दिइने आममाफी क्रममा यसपटक ९ जना नेपाली कैदीहरुले आममाफी पाएका छन्। कतारस्थित कारागारमा विभिन्न सजायमा बन्दी जीवन बिताइरहेका नेपालीहरुलाई नियमानुसार आममाफी दिइएको नेपाली दूतावासले जानकारी गराएको छ ।
त्यसरी आममाफी पाएका नेपाली नागरिकहरुको नेपाल फिर्ती सहज बनाउन दूतावासले डिपोर्टेशन सेन्टरमै अधिकृत कर्मचारी खटाई ९ जना मध्ये राहदानी नभएकाहरु ४ जनालाई हिजै यात्रा अनुमति पत्र जारी समेत गरेको छ ।