जनवरी ७ देखि शप कतार फेस्टिभल हुँदै

शप कतारको तेस्रो संस्करणको अन्तर्गत २० लाख रियाल बराबरको नगद पुरस्कार संगै ८ बीएमडब्लु कार सहितको किनमेल महोत्सवमा हुने भएको छ। यो वर्ष महोत्सवमा किनमेल सँगै शृङ्खलाबद्ध फेसन शो तथा मनोरञ्जनात्मक कार्यक्रम पनि समावेस हुनेछ।

ए ब्रान्ड न्यू ट्रेडिसन (नयाँ परम्परा) नाराका साथ विदेशी पर्यटक बढाउन कतारको सबैभन्दा ठूलो किनमेल महोत्सव आउँदो जनवरी ७ देखि फेब्रुअरी ७ सम्म संचालन हुने भएको हो। लुगा, इलेक्ट्रोनिक्स, कस्मेटिक्स लगायत विभिन्न सामानमा ५० प्रतिशत सम्मको छुट सहित महोत्सवमा जम्मा १३ ओटा ठूला मलहरु सहभागी हुने कतार पर्यटन विभागले जनाएको छ।

महोत्सव अल खोर मल, सिटी सेन्टर दोहा, गल्फ मल, दोहा फेस्टिवल सिटी, ह्याट प्लाजा, लगुना मल, ल्यान्डमार्क मल, मल अफ कतार, तावर मल, द गेट मल, भिलाजियो मल, इज्दान मल र दर अल सलाम मल मा रहनेछ।

त्यस्तै महोत्सवलाई आकर्षक बनाउन पर्यटन विकास विभागले अरेबियन, बलिउड र अन्तराष्ट्रिय हप्ता गरी तीन भागमा विभाजन गरेको छ। ती हप्ताहरुमा कन्सर्ट,फेसन शो, मास्टर क्लास,पप-अप वर्कशप लगायत अन्य मनोरञ्जनात्मक कार्यक्रमहरू आयोजना हुनेछ। लक्की द्रा मार्फत विजेता छुट्टाउने यस महोत्सवमा सामेल हुन २०० रियाल देखि माथीको सामना खरिद गर्नुपर्नेछ ।

सांगीतिक कार्यक्रम अन्तर्गत बलिउड तर्फ गायक सोनु निगम र कतार अर्केस्ट्रा समुहको प्रस्तुति रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button