कतारलाई नेपालको कार्पेट उपहार
नेपालले कतारको राष्ट्रिय संग्रहालयमा कार्पेट उपहार पठाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निर्देशनमा पठाइएको सो कार्पेट गत बिहीवार एक कार्यक्रमबिच कतारका लागि नेपाली राजदुत नारद नाथ भारद्वाज बाट संग्रहालयका प्रमुख अह्मद मुसा अल नम्लालाई हस्तान्तरण गरिएको छ ।
नेपाली बाट हस्तशिल्प कार्पेटले कतारको संग्रहालयमा नेपाली कला तथा यसको उद्योग दर्शाउन उदेश्य रहेको छ । कार्पेट तिबेतियन उन र सिल्क प्रयोग गरि पुर्ण रुपमा हस्तशिल्प रहेको छ । कार्पेटमा नेपाली राष्ट्रिय फुल लालिगुरासको बुट्टा भरिएको छ ।
सन् २०१८ को अक्टोबर महिनामा भएको कतार भ्रमणको क्रममा राष्ट्रपति भण्डारीलाई कार्पेट उपहार दिने सोच आएको थियो । त्यस ताका उहाँले कतारको संस्कृति र इतिहास बोकेको म्युजियम अफ ईस्लामिक आर्टको अवलोकन गर्नुभएको थियो ।