बिहीवार वर्षा हुने,जाडो बढ्ने
हप्ताको अन्त्यमा देशको मौसम खराब रहने भएको छ । मौसम विभागले हिजो एक रिपोर्ट जारी गर्दै आउने दिनहरुमा मौसम अव्यवस्थित रहि बिहीवार वर्षा हुने अनुमान गरेको छ ।
तल्लो चाप प्रणालीको विस्तारका कारण बुधबार वायुको दिशा दक्षिणपुर्व तर्फ बढ्नुका साथै अपराह्न र रातको समयमा मौसम बदली हुने रिपोर्टमा उल्लेख छ । त्यस्तै बिहिवार वर्षाको सम्भावना रहेको र यो शुक्रबारसम्म पनि पुग्न सक्नेछ ।
أجواء غير مستقرة وفرص لأمطار متفرقة من يوم الخميس. #قطر
Unsettled weather with a chance of scattered rain from Thursday. #Qatar pic.twitter.com/Z648LbT2Bm
— أرصاد قطر (@Qatar_Weather) January 20, 2020
यस अवधिभर तापक्रममा गिरावट आई रातको समयमा जाडो बढी रहनेछ । विभागले आइतबारदेखि जाडो बढ्ने पनि बताएको छ ।
सहि मौसम अपडेटका लागि आफ्नो सामाजिक संजाल फलो गर्न विभागले सबैमा आग्रह गरेको छ ।