कामदारको न्यूनतम तलब तोक्ने मस्यौदा कानूनमा छलफल

सभामुख अह्मद बिन अब्दुलाह बिन जैद अल मह्मोमदको अध्यक्षतामा शुरा काउन्सिलले सोमबार नियमित साप्ताहिक बैठक सम्पन्न गरेको छ ।
बैठकमा आप्रवासी कामदारको न्यूनतम तलब तोक्ने मस्यौदा कानूनमा छलफल भएको छ ।
मस्यौदा कानूनमा कामदारको तलब तोक्न श्रम मन्त्रालय अन्तर्गत न्यूनतम ज्याला समिती गठन हुनेछ । समितिको गठन,कार्यशैली तथा बाकी कार्य क्याबिनेटको निर्णय अनुसार हुने बताइएको छ ।
समितिले कानूनमा उल्लेख गरिए अनुसार कामदारको न्यूनतम तलब तोक्न अध्ययन र मुल्यांकन गर्ने जिम्मा पाउनेछ । छलफल पश्चात् काउन्सिलले मस्यौदा कानूनको थप अध्ययन गर्न बिधायिका मामिला समितिमा बुझाएको छ ।