भिसा बेच्ने नौ जना पक्राउ
आफुले काम गरिरहेको कम्पनीको दुरुपयोग गरी नक्कली कम्पनी खोलेर भिसा व्यापार गर्ने नौ जनालाई अपराध अनुसन्धान विभाग (सिआईडी)ले पक्राउ गरेको छ। पक्राउ पर्नेमा एसियन र अफ्रिकी मुलका नागरिक रहेका छन् ।
अनुसन्धानको क्रममा हुँदै नभएको कम्पनी खोलेर ती व्यक्तिहरुले भिसा बेच्ने गरेको खुल्न आएको हो। उनीहरू बाट ११ वटा कम्पनीको स्ट्याम्प,कम्पनीको कागजपत्र र थुप्रै क्रेडिट कार्ड सहित पक्राउ गरिएको थियो।
सोधपुछ पश्चात अभियुक्तहरुले आफ्नो गल्ति स्वीकार गरेको र उनीहरुलाई थप कानुनी प्रक्रियाको लागि हिरासतमा राखिएको छ। आफ्नो सुरक्षाका लागि स्थानीय तथा आप्रवासी नागरिकहरूले शंकास्पद क्रियाकलापको सम्बन्धित कार्यालयमा उजुरी गर्न मन्त्रालयले आग्रह गरेको छ।